भारतीय मिडियाप्रति आक्रोश पोख्दै पूजा लेख्छिन्,– ‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन,

काठमाडौँ – नायिका पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आक्रोश पोखेकी छिन् ।

सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् ।
नायिका शर्माले लेखेकी छिन्–‘मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरिरहेका छन् । तर, उनीहरुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् ।’

पूजा अगाडि लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो । मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रती टिठ लागेर आयो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्