झापाको कचनकवल गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएपछि सिल

काठमाडौँ – झापाको कचनकवलमा ३३ जना कोरोना संक्रमित भेटिएपछि गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हो ।

संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका क्वारेन्टाइनमा राखिएकामध्ये १ सय जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तीमध्ये हालसम्म ३३ जना संक्रमित भेटिएका हुन् । संक्रमित सबै भारतबाट आएका व्यक्ति हुन् । सबैलाई सीमाबाट सीधै क्वरेन्टाइनमा लगिएकाले आत्तिनु पर्ने अवस्था नभएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्