रेल चलेपछि भारतबाट सङ्क्रमितसहित सप्तरीमा नौ सय नेपाली भित्रिए

सप्तरी – सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन् ।

भारतमा लकडाउन खुकुलो भएर रेल सञ्चालन भएयता ७२ महिला र ८२६ गरी ८९८ जना जिल्लाको सीमा नाकाहरु प्रयोग गरी नेपाल प्रवेश गरेको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

भारतबाट सङ्क्रमितसहित नेपालीहरू ठूलो सङ्ख्यामा फर्किन थालेकाले उनीहरूलाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई सीमा नाकामै रोकेर सम्बद्ध स्थानीय तहको क्वारेन्टाइनमा राखेको छ । जिल्लाका १८ स्थानीय तहहरूका ३७ वटा क्वारेन्टाइनमा एक हजार ९० बेड सञ्चालनमा रहेको छ । भारत सरकारले लकडाउनको तेस्रो चरणमा रेलमार्ग सञ्चालनमा ल्याएपछि भारतको सङ्क्रमित मुम्बइ, उत्तर प्रदेश, दिल्ली, बैंगलुरुलगायतका स्थानहरूबाट नेपाली विद्यार्थी, मजदुर, पेसा व्यवसायीलगायत मानिसहरू प्रवेश गरेको बताइएको छ ।

जिल्लाको कोसी ब्यारेज, गोबरगाढा, हनुमाननगर, रम्पुरामल्हनिया, कुनौली, तिलाठी, लालापट्टि, गोबिन्दपुर, सखडा, बनैनिया, औरही, पातो, तरही, देउरी सिम्रहा, बोदेबर्साइन, रामनगर कोदरकट्टी, बेल्हीलगायत सीमानाकाबाट नेपाली भित्रिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्