अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा काँग्रेसको आपत्ति

काठमाडौँ – सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ ।

अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने संविधानको प्रावधानविपरीत सरकारले भत्ता रोकेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरेका छन् । बुधबार विज्ञप्ति निकालेर खाँणले कोरोना महामारीबाट प्रताडित भइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता काटिनु गैरजिम्मेवार निर्णय भएको बताएका छन् । सरकारको उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न कांग्रेसले माग गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्