प्रहरी माथि हातपात गर्ने वडा अध्यक्षका छोरा सहित २ जना पक्राउ

सांकेतिक तस्वीर

सुशील सुवदी
सिन्धुपाल्चोक – प्रहरीमाथि हातपात गरेपछि वडा अध्यक्षका छोरा सहित २ जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिका ४ मानेखर्कका अध्यक्ष राम वहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र २४ वर्षीय वकिल परियार पक्राउ परेका हुन् । लामा गाउँकै स्वास्थ्य चौकिमा अहेवका रुपमा कार्यरत छन् ।
लकडाउनको समयमा मोटरसाइकल चलाएकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा आकाशले अचानक प्रहरीलाई ढुंङ्गा प्रहार गरेका थिए । ढुंगा लागेर घाइते भएका प्रहरी चौकी मानेखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षकको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ ।

असई दिप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यलय मेलम्ची ल्याईएको र थप अनुसन्धान अगाडि वढाएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्