चीन सरकारले दियो सिन्धुपाल्चोक जिल्लालाई १ करोड बराबरको स्वास्थ्य सामाग्री

सुशील सुवेदी
सिन्धुपाल्चोक – चीन सरकारले सिमा जोडिएको सिन्धुपाल्चोक जिल्ला लाई १ करोड रुपैयाँँ बराबरको स्वास्थ सामाग्री अनुदानमा आज हस्तान्तरण गरेको छ ।

चीनको न्यालम जिल्लाले सिन्धुपाल्चाकको लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । मंगलवार मितेरी पुलमा चिनियाँ अधिकारीहरुले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललगायतको सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो । केही दिन अघि भएको सिमा बैठकमा प्रजिअ ढकालले सहयोगका लागि अनुरोध गर्नु गरेका थिए ।

न्यालमले डिस्पोजल मास्क १ लाख ३० हजार, एन ९५ माक्स १५ सय, पीपीई ११ सय, इन्फ्रारेड थर्मो्िमटर १ सय ८ वटा, टेष्ट कीट १५ सय सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्