भारतमा लकडाउन १४ दिन लम्बियो, लकडाउनको स्वरुप भने तय हुन बाँकी

नयाँदिल्ली — भारतले सरकारले ३१ मे सम्म लकडाउन थपेको छ ।
कोरोना भाइरसको नियन्त्रण र रोकथानका लागि भन्दै लकडाउनको अवधि ३१ मेसम्म थपेको गृहमन्त्रालयले जनाएको छ । आइतबार गृहमन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई थप १४ दिनका लागि बढाउने निर्णय गरेको हो ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । यस अघि तेस्रो चरणमा गरिएको लकडाउनको अवघि १७ मे अर्थात आज सकिदैछ ।

सोमबारबाट सुरु हुने चौथो चरणको लकडाउनको स्वरुप भने तय हुनै बाँकी छ । आइतबार रातिसम्म त्यसको टुंगो लाग्ने बताइएको छ । भारतले संक्रमणमा चीनलाई समेत उछिनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्