इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला

काठमाडौ – इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला परेका छन् । इजरायलको तेल अबिवस्थित आफ्नो आवासमा उनको शव फेला परेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
उनको मृत्युको कारण अझै खुल्न सकेको छैन । आवासको आफ्नो शयन कक्षमा उनी मृत्त अवस्थामा फेला परेका हुन् । ५७ वर्षीय दु गत फेब्रुअरीमा इजरायलका लागि राजदूत नियुक्त भएका थिए । त्यसअघि उनी यूक्रेनमा कार्यरत थिए ।
राजदूतको श्रीमती र एक छोरा रहेपनि दुवै जना इजरायल बाहिर छन् । इजरायली प्रहरीका प्रवक्ताले रोयर्टससँगको कुराकानीमा नियमित प्रकृया अपनाउन प्रहरी घटनास्थलमा रहेको बताएका छन् । इजरायलस्थित च्यानल १२ टीभीका अनुसार प्रारम्भिक अनुसन्धान बमोजिम राजदूत दुको सुतेकै अवस्थामा प्राकृतिक रुपले निधन भएको हो ।
अमेरिकी स्टेट सेक्रेटरी माइक पम्पियो बिहिबार इजरायलको भ्रमण गर्दा कोरोनाभाइरस महामारीबारे चिनियाँ नीतिको आलोचना गरेका थिए । पम्पियोको आलोचनामाथि इजरायलस्थित चिनियाँ दूतावासले शाब्दिक आक्रमण गरेको थियो । पोम्पियोको भाइरसको सङ्क्रमणबारे चीनले ढाकछोप गरेको टिप्प्णीको दूतावासले निन्दा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्