काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक ११ गते बसेको २४८औँ बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार श्रेष्ठको नियुक्ति कात्तिक १६ गतेदेखि लागू हुनेछ । उनलाई दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।
नाडेप लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो ।




