विश्वमा कोरोनाः संक्रमितको संख्या ४७ लाख पार, ३ लाख १२ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ४७ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ४७ लाख १७ हजार १३ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा १५ लाख भन्दा बढी संक्रमित भेटिएका छन् भने युरोपका स्पेन, इटाली, बेलायत, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् भने रुस पनि यो भाइरसबाट निकै प्रभावित भएको छ ।
यो भाइरसको कारण अहिलेसम्म संसारभरी ३ लाख १२ हजार ९ सय २ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ६८ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी १८ लाख भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्