भारतमा कोरोनाको अवस्था भयावह बन्दै, एकै दिन ४८ सय भन्दा बढी संक्रमित थपिए, ९० हजार पार

काठमाडौँ – भारतमा एकै दिन ४८ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ । भारतमा पछिल्लो केहि दिन यता दैनिक ३५ सय भन्दा बढी कोरोनाका नयाँ विरामी फेला पर्दै आएका थिए, तर आज एकै दिन ४८ सय भन्दा बढी कोरोना संक्रमित भेटिएको यो पहिलो हो । यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २८ सय ७१ पुगेको छ भने ३४ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । दक्षिण एसियामा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । भने विश्वमा ११औँ नम्बरको प्रभावित मुलुक बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्