सीमा सुरक्षाका लागि सशस्त्रको बीओपी कावामा राखिनुपर्छः अध्यक्ष धामी

दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले सशस्त्रको बिओपी माथिल्लो कावामा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष धामीले बीओपी माथिल्लो कावामा राख्नुपर्ने बताएका हुन् । छाङरुमा प्रहरी चौकी र माथिल्लो कावामा सीमा सुरक्षाकालागि बीओपी राख्नुपर्ने अध्यक्ष धामीको माग छ । सशस्त्र प्रहरीको लागि भवन बनाउँदा जनपद प्रहरीको लागि पनि भवन बनउनुपर्ने उनको धारणा छ । काठमाडौँको माइतीघरमा नारा लगाएर राष्ट्रियता नजोगिने अध्यक्ष धामीले बताए । राष्ट्र र राष्ट्रियता जोगाउन राज्यको उपस्थिति सीमामा हुनुपर्ने उनले बताए । सोही अनुसार सशस्त्रको बीओपी माथिल्लो कावामा हुनुपर्ने अध्यक्ष धामीको जोड छ ।

एक फरक प्रसँगमा अध्यक्ष धामीले अब सबैले देश विकासमा जुट्नुपर्ने बेला आएको पनि बताए । कोरोनाको महामारीलाई अवसरमा बदलेर देशभित्रै विकास निर्माणकाका काम गर्दा देशलाई समृद्ध हुने र रोजगारी पनि सृजना हुने हुँदा अब सबैले त्यसतर्फ लाग्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्