त्रिपुरासुन्दरीको धुस्कुनमा पच्चीस शैयाको सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका वडा नं.३ धुस्कुनमा पच्चीस शैयाको सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना स्थापना भएको छ । लिवर्ड नामक गैरसरकारी संस्थाको दुई लाख र स्थानियहरुको केहि रकम संकलन गरेर क्वारेन्टाईन निर्माण गरिएको वडा अध्यक्ष शुकदेब रिसालले जानकारी दिए ।

१० वटा हस्पिटल बेड र १५ वटा सामान्य बेड रहेको क्वारेन्टाईन निर्माण गरिएको हो । महिला, पुरुषको लागी छट्टाछुट्टै शौचालय,ठुलो कोठा सोलार बत्ती, भान्छाको व्यवस्था सहित सुविधा सम्पन्न क्वारेनटाईन निर्माण भएको रिसालले जानकारी दिए । खानेपानीको सुविधा र वस्तीबाट क्वारेनटाईन केही टाढा रहेको छ । कोरोना संक्रमण बढ्दै गएकाले क्वारेनटाईन स्थापना गरिएको र अहिलेसम्म क्वारेनटाईनमा कोही नरहेको वडाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्