नेपालमा पहिलो पटक एम्पोरियो आर्मानीको भव्य प्रवेश: दरबारमार्गमा ग्रान्ड ओपनिङ हुदैँ

काठमाडौं –  विश्वप्रसिद्ध प्रिमियम लाइफस्टाइल ब्रान्ड Emporio Armani ले अब नेपालमा पनि आफ्नो उपस्थिति जनाउने भएको छ। लक्जरी फेसनको दुनियाँमा अग्रणी मानिएको यो ब्रान्डले आज राजधानीको दरबारमार्गमा आफ्नो पहिलो फ्ल्यागशिप स्टोर भव्य समारोहबीच सञ्चालनमा ल्याएको छ।

नेपालमा एम्पोरियो आर्मानीको आधिकारिक आयातकर्ता तथा वितरकको रुपमा J&Co. ले जिम्मेवारी सम्हालेको छ। कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको फेसन अनुभव प्रदान गर्ने लक्ष्यसहित यो अत्याधुनिक स्टोर स्थापना गरेको हो।

फ्ल्यागशिप स्टोरमा ब्याग, बेल्ट, जुत्ता, तथा अन्य उच्चस्तरीय फेसन एक्सेसरीहरू को संग्रह उपलब्ध गराइएको छ। Emporio Armani को विशेषता – सुरुचिपूर्ण डिजाइन, प्रीमियम गुणस्तर र आत्मविश्वास झल्काउने शैली – हर एक उत्पादनमा झल्किने बताइएको छ।

J&Co. का प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले उद्घाटन अवसरमा भने, “हामीले नेपाली बजारमा ग्लोबल लक्जरी ब्रान्ड ल्याउने सपना देखेका थियौं, र आज त्यो सपना साकार भएको छ। एम्पोरियो आर्मानी केवल फेसनको नाम होइन, यो जीवनशैली र परिष्कृत स्वादको प्रतिनिधित्व हो।”

उद्घाटन कार्यक्रममा फेसन उद्योग, व्यापार तथा मिडिया क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू, सामाजिक सञ्जाल प्रभावकहरू र फेसनप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थितहरूका अनुसार यो स्टोरले नेपाली लक्जरी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।

दरबारमार्गको स्टोरले अब नेपाली उपभोक्तालाई आधिकारिक च्यानलमार्फत मौलिक एम्पोरियो आर्मानी उत्पादनहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर दिनेछ। यो प्रवेशसँगै नेपाल पनि ती विश्व मुलुकहरूको सूचिमा समावेश भएको छ जहाँ Emporio Armani को उपस्थिति आधिकारिक रूपमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्