दाउन्ने सडकखण्डमा गाडी फसेपछि ४५ किलोमिटर लामो जाम, एकतर्फी मात्रै सवारी सञ्चालन

काठमाडौं — गएरातिको अविरल वर्षाले सडक हिलो भएपछि पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा गाडीहरू फस्दा महेन्द्र राजमार्गमा करिब ४५ किलोमिटर लामो सवारी जाम भएको छ।

भुताहादेखि चोरामारासम्म प्रभावित बनेको हो। कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराका अनुसार गाडीहरू बिहान ५ बजेदेखि सडकमा फसेका छन्। उनले भने, “हिलोले गर्दा गाडीहरू चिप्लिएर अगाडि बढ्न सकेनन्। बाटो जाम गाडी फसेर भन्दा पनि नचढेर भएको हो।”

प्रहरीका अनुसार हाल डाइभर्सन तयार गरी एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ। यद्यपि, ठूलो संख्यामा गाडीहरू अझै सडकमै रोकिएका छन् र जाम खुल्न समय लाग्ने अनुमान गरिएको छ।

सडक सुचारु बनाउन प्रहरी र स्थानीय प्रशासनको प्रयास जारी रहेको छ। यात्रुहरूलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अपडेटका लागि सतर्क रहन अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्