नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

बुधवार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो। अदालतले पाण्डेलाई २०८२ जेठ २० गते गरिएको निलम्बन निर्णय कार्यान्वयन नगरी पदमा यथावत् राख्न आदेश दिएको छ।

अदालतको आदेशमा भनिएको छ, ‘२०८२ जेठ २० गतेको निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी दिइएको छ।’

यससँगै अब पाण्डे पुनः नगर प्रहरी प्रमुखको भूमिकामा काम गर्न पाउने छन्। अदालतको अन्तरिम आदेशसँगै उक्त निलम्बन हाललाई प्रभावहीन भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्