काठमाण्डौ – नेपाली बजारमा आज सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा रु ३,००० ले घटेर रु १,९०,७०० मा पुगेको छ।
अस्ति शुक्रबार सुनको भाउ रु १,९३,७०० थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा रु ५ ले घटेर रु २,१४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदीको मूल्य रु २,१५० थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता तथा मागमा आएको कमीका कारण सुनचाँदीको भाउमा घटबढ भइरहेको हो।