अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख नाघ्यो, ८३ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ यो भाइरसबाट ८३ हजार भन्दा धेरैको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । २ लाख ९६ हजार भन्दा बढी उपचार पछि निको भएका छन् भने १० लाख २८ हजार भन्दा बढीको उपचार भइरहेको छ । अमेरिका कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्