बेदकोटको उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको भवन बन्ने

कञ्चनपुर, माघ २३ – कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार९विद्यालय भवन० बन्ने भएको छ । भारतीय दुताबासले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा ५ करोडको पूर्वाधार (विद्यालय भवन) बनाउन सहयोग गर्ने भएको छ ।

बेदकोट नगरका मेयर भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा उदयदेव मावि र शारदा मावि दुई विद्यालयको प्रपोजल पेश गरेको बताए ।

‘हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘मेयर बोहराले भने, अहिले दुताबासले उद्यदेवको प्रपोजल स्वीकार गरेको छ ।’ दुताबासको कुल बजेटको १० प्रतिशत नगरपालिकाले समेत हाल्ने मेयर बोहराले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाले यो प्रकृयामा सहयोग सबै कार्यालयदेखि स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीय सासदसम्म आभार प्रकट गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्