बैंकले ब्याज सहित भत्ता दिनुपर्ने भन्दै शुक्लाफाँटा-८ का अध्यक्ष महराद्वारा वितरणमा राेक

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं ८ का अध्यक्ष बहादुरसिँह महराले वडावासिलाई सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकले ढिलाई गरेकाे भन्दै बृद्धभत्ता व्याजसहित पाउनुपर्ने अडान राखेका छन ।

शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडा कार्यालय आएका कञ्चन डेभलपमेन्ट बैंकका कर्मचारीलाई फिर्ता पठाएका हुन ।
नगरपालिकाबाट भत्ता वितरण गर्ने भनेर फागुन दाेस्राे साता चेक निकासा भएतापनि बैंककाे लापरवाहिका कारण वितरणमा ढिलाई भएकाे हाे । भत्ता वितरणमा भण्डै तीन महिना ढिला गरेकाेले अब बृद्धबृद्धालाई साे अवधिकाे व्याजसहित रकम वितरण नगरे आफुले सहमति नदिने वडाअध्यक्ष बहादुरसिँह महराले उपहार खबरलाई बताउनुभयाे ।
यसरी बैंकले ढिलाई गर्दा बृद्धबृद्धालाई समस्या भएकाे भन्दै आगामिदिनमा पनि बैंकबाट यस्ताे कमजाेरी नहाेस भन्नका लागि अडान राखेकाे अध्यक्ष महराले प्रष्ट पार्नुभयाे । वडा अध्यक्ष मराले  बृद्धबृद्धालाई भन्नुभयाे “यति प्रतीक्षा गरेर कष्ट भाेग्नुभयाे अझै बरू ३ महिना पर्खनुहाेस तपाईहरूकाे ब्याजसहित तपाईलाई हस्तान्तरण गर्छु” । उक्त कुरालाई सबैले स्वागतयाेग्य मानेका छन ।
बैंकले काेभिड-१९ (काेरना भाईरस) काे कारण देखाउदैँ वितरणमा ढिलाई गरेकाे थियाे तर वडाअध्यक्ष महराले लकडाउन चैत ११ गतेदेखि लागू भएकाे र चेक बैंकले फागुन दाेस्राे साता नै बुझेर रकम निकासा गरेकाे बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्