शाल्ट ट्रेडिङ कम्पनीले तोकेकै दरमा हेलम्बुका किसानलाई मल

सुशील सुवेदी
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले किसानलाई गाउँपालिकाको अनुदानमा रासायनिक मल बितरण गर्न सरू गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार शुक्रबार देखी हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरि आवश्यकता अनुसार अनुदानको रासायनिक मल लिन सक्नेछन् । “अब हिउँद बर्षा दुबै खेती लगाउने समयमा नियमित रूपमा गाउँपालिकाले आवस्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउने छ ।” अध्यक्ष शेर्पाले भने ।

यसअघि कृषि उत्पादन बढाउन कृषकलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार यो मल उपलब्ध गराउन लागेको हो ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको शाल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामाग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानले मौसम अनुसारको मल पाउने छन । स्थानीय सहकारीमार्फत युरिया मल प्रतिबोरा ८ सय ५० र डिएपी मल प्रतिबोरा २ हजार ३ सयमा वडा–वडामा वितरण गरिने शेर्पाले बताए ।

कृषी उत्पादनमा वृद्धि गरि किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पा को भनाइ छ । रासायनिक मलमा अनुदानको अलावा आगामी बर्ष देखी कृषकलाई मल बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पुँजीको समेत ब्यबस्थापन गरिदिने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्