सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमन शहरले उत्तरी राज्यको मेरोवे बाँधमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को आक्रमणका कारण विगत पाँच दिनदेखि पिउने पानीको ठूलो संकटको सामना गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । बिजुली आपूर्तिमा पूर्ण अवरोधका कारण, नाइल स्टेशनहरू र इनारहरूबाट पानी तान्न नसक्दा पानीको संकट उत्पन्न भएको छ । खार्तुम राज्य सरकारले नाइल नदीमा रहेको जलविद्युत बाँध मेरोवे बाँधमा आरएसएफको ड्रोन आक्रमण भएका कारण बिजुली अभाव भएको बताएको छ । पिउने पानीको संकटलाई सम्बोधन गर्न केही तत्काल समाधानहरू कार्यान्वयन गर्न गहन प्रयास गरिरहेको सरकारले बताएको छ ।
खार्तुमबाट लगभग ३५० किलोमिटर उत्तरमा अवस्थित मेरोवे बाँध अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजनाहरू मध्ये एक हो । अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानअनुसार सुडान सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सशस्त्र बल र आरएसएफ बीचको विनाशकारी द्वन्द्वले ग्रसित छ । जसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । सुडान भित्र वा बाहिर लगभग १ करोड ५० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।