संयुक्त राष्ट्रसंघका महासचिवद्वारा इजरायललाई लेबनानी भूभागबाट फिर्ता हुन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहमति भएको समयसीमाभित्र लेबनानी भूभागबाट इजरायली सेना फिर्ता लिन आह्वान गर्नुभएको छ । गुटेरेसले आफ्नो दुई दिने भ्रमणको अन्त्यमा बेरुतमा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो ।

लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने बताउनु भयो । उहाँले संयुक्त राष्ट्र संघको प्रश्ताव १७०१ लाई सबै आयामहरूमा कार्यान्वयन गर्ने महत्वमा जोड दिनुभयो ।

लेबनानी राज्यले लेबनानी क्षेत्रभर हतियारको पूर्ण नियन्त्रण राख्नुपर्ने बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्