इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो (३ हजार ८७ अर्ब अमेरिकी डलर) नाघेको छ । बैंककाअनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५.२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ ।
यो वृद्धि उच्च खर्चका कारण भएको हो । साथै नोभेम्बर २०२३ को तुलनामा कर राजस्वमा ०.१ प्रतिशतको सामान्य गिरावट आएको छ ।
वर्षको शुरुमा देशको सार्वजनिक ऋण २ हजार ८६० अर्ब युरो रहेको थियो । इटाली यसको अर्थतन्त्रको सम्बन्धमा विश्वव्यापी रूपमा सबैभन्दा ऋणी देशहरूमध्ये एक रहेको छ । जसको ऋण यसको कुल गार्हस्थ्य उत्पादनको लगभग १३६.६ प्रतिशत बराबर छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।