निरन्तर मिडियाको प्रस्तुतीमा रहेको नयाँ ठाडी भाका “सम्राइ लागी” सार्वजनिकको तयारीमा रहेको छ । पुष्पा धामीको लय शब्द तथा स्वर रहेको ठाडी भाकाको गीत “सम्राइ लागी” भोलि सार्वजनिक हुनेछ ।
गोकुलेकी मेला होला जात होली मडकी , सम्झ्यो भने जीउ झुरन्छ मेरा पहाडकी भन्ने मार्मिक शब्दहरु गीतमा समावेश गरिएको छ । शेरा शेरालकी चेली जउल्या धान कुटली, तमरी सोराई मेरी इजु, कइ धेक्या टुटली भन्ने शब्दले गीत निक्कै मार्किक बनेको छ ।
माया छ मुटुका कुना सम्झना छ लाख, मुखिलाइ बिरानो भयो इजु तेरो काख, माथि छ शिखर धुरा तलछ चौलानी, डिठ पडन्छी भेट हुदैन क्यारु सोराई मानी भन्ने शब्दले गीतलाई पूर्णता दिएको छ ।
काग बास्यो छिनाइका धुरा मैना बास्यो रउला, जनभए बिरानी मुखी फिर पहाड आउला भन्ने दुखी भावका शब्दहरुले गीत सुन्दा जो कोहिको मन रुनेछ ।