नेपाल प्रहरीका एआईजी कुवेर कडायतलाई नेपाल व्यापार संघको तर्फबाट कदर पत्र प्रदान

काठमाडाैँ – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक  (एआईजी) कुवेर कडायतलाई नेपाल व्यापार संघले कदर पत्र प्रदान गरेको छ । बिहिवार उहाँलाई भेटेर नेपाल व्यापार संघको संयुक्त टोलीले कदरपत्र प्रदान गरेको हो ।

नेपाली समाजमा देखिएका विकृति, विसंगति र अपराधको न्यूनिकरण गरी शान्तीपूर्ण र सुरक्षित समाजको स्थापना गर्नुका साथै नेपाल प्रहरी संगठनभित्र आफ्नो पहिचान बनाउदैँ राष्ट्र सेवक कर्मचारीको रुपमा विभिन्न जिल्ला, प्रदेश हुदैँ प्रवक्ताको जिम्मेवारीमा रहदा लगनशील, कर्तव्यनिष्ट, इमान्दारीपूर्वक व्यवसायिक योग्यता र दक्षता प्रमाणमित गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएको भनि कदर पत्र प्रदान गरिएको नेपाल व्यापार संघका महासचिव दिपक सापकोटाले जानकारी दिनुभयो ।
साथै आगामी दिनमा नेपाल प्रहरीजस्तो संगठनलाई अझ उचाईमा पुर्याउन अनुकरणीय भूमिका रहनेछ भन्दै उज्वल भविष्यको कामना समेत गरिएको छ । नेपाल व्यापार संघसँग नेपाल प्रहरीको समेत प्रत्यक्ष सम्बन्ध रहने भन्दै व्यवसायिक क्षेत्रमा पनि नेपाल प्रहरीको भूमिक उच्च रहने भन्दै नेपाल प्रहरीमा उच्च छवि बनाएको प्रहरी अधिकृत कडायतलाइ उच्च सम्मानका साथ कदर पत्र प्रदान गरिएको नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरि गौतमले बताउनुभयो ।
कदर पत्र प्रदान समारोहमा नेपाल व्यापार संघको तर्फबाट अध्यक्ष गौतम, महासचिव सापकोटासँगै पूर्व अध्यक्ष कुमार कार्की, महिला उपाध्यक्ष पार्वती भट्ट पौडेल, प्रदेश उपाध्यक्ष जयकृष्ण शर्मा, दुर्गा बहादुर गौतम बाबुराम, सचिव सापकोटा, उपाध्यक्ष इन्दिरा लामिछाने, कोषाध्यक्ष चिफ बहादुर थापासँगै भुवन थापा लगायतको टोली रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्