सन्तोष कार्की स्मृति प्रतिष्ठान: माघ ५ र ६ गते दोलखामा इतिहास वाचन र प्रतिभा पहिचान कार्यक्रम हुने

काठमाडाैँ–दोलखाको मेलुङ गाउँपालिका –१ पवटीमा यहि माघ ५ गते शनिवार इतिहास वाचन र प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ।

सन्तोष कार्की स्मृति प्रतिष्ठानको आयोजनामा माघ ५ गते र ६ गते कार्यक्रमको आयोजना हुन लागेको प्रतिष्ठानका सचिव अमृत कुमार खड्काले बताउनुभयो । विद्यार्थीकालको सानो उमेरमै सन्तोष कार्कीले गोली लागेर निधन भएको सम्झनामा दोलखामा प्रत्येक वर्ष विद्यार्थीलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू गर्ने गरेको थियो । जस अनुरुप यस बर्षपनि तिहास वाचन र प्रतिभा पहिचान गर्न लागेको हो । जसमा दोलखा जिल्लाक‍ो मेलुङ गाँउपालिका वडा नं १ मा अवस्थित सत्यश्वर माध्यमिक विद्यालयमा आधारभूत तहतर्फ विशेष ट्यालेन्ट प्रतिभा एवं माध्यमिक तहतर्फ ईतिहास वाचन कार्यक्रम साथै माघ ६ गते शैलुङ्ग गाँउपालिकामा श्रद्धाञ्जली सभा र शैलुङ्ग अस्पतालमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

२०६६ साल माघ ६ गते काठमाडौंको गोठाटारमा स्थानीयहरुबीच भएको झडपमा गोली चल्दा कक्षा २ मा अध्ययनरत दोलखा शैलुङका नाबालक सन्तोष कार्कीको मृत्यु भएको थियो । सोही बालक कार्कीको सम्झना र सम्मानका लागि सो कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले २०६७ सालदेखि सन्तोष उनको सम्झनामा विभिन्न कार्यक्रम निरन्तर रूपमा गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्