धौलीगंगा बाँधको ढोका खुल्ने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार भारतको...

अब नेपाल प्रहरीलाई हरेक १५ दिनमा तलब

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल प्रहरीका कर्मचारीलाई पनि हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ। प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग...

मनसुन भित्रिए पनि वर्षा भएन, तराईमा अत्यधिक गर्मीको चेतावनी

काठमाडौं – नेपालमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरूले बताएका छन्। मौसमविदका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र...

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १६ जनाविरुद्ध १० अर्बभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा दुई विदेशी कम्पनीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा सरकार

हेटौँडा – लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले सक्रियता बढाएको छ। यससँगै सम्बन्धित सरकारी निकायहरूले उद्योगको स्थलगत अनुगमन तथा अध्ययन कार्य अघि बढाएका छन्।...

मनसुन, वर्षा र तातो लहरको दोहोरो प्रभाव: कोशीमा वर्षा, तराईमा गर्मी बढ्ने

काठमाडौं । नेपालमा अहिले पश्चिमी, स्थानीय तथा मनसुनी वायुको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहँदा देशका अन्य भागमा पश्चिमी तथा...

नयाँ निजामती सेवा ऐनको तयारीले कर्मचारी वृत्तमा तरंग, अवकाश व्यवस्थाबारे चासो बढ्यो

काठमाडौं । संघीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको चर्चा चलिरहेका बेला सरकारी कर्मचारी वृत्तमा अवकाश, सेवा अवधि र पेन्सन व्यवस्थासम्बन्धी विषयलाई लिएर व्यापक चासो देखिएको छ। प्रस्तावित व्यवस्थाले...

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ । हाल देशमा मनसुनी वायु आंशिक रूपमा सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहे पनि अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको...

राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन, ऐतिहासिक जात्रा सम्पन्न

ललितपुर – ललितपुरको जावलाखेलमा राष्ट्र प्रमुखको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ। गुठी संस्थानका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित...

उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते

उदयपुर – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा महोत्तरीको बर्दिवास नगरपालिकास्थित ५५ वर्षीय विमलेस...

कृषि अनुदानको हिसाब-किताब खोज्दै सरकार, १० वर्षे कार्यक्रमको समीक्षा हुने

काठमाडौँ – कृषि तथा पशुपन्छी क्षेत्रमा विगत एक दशकदेखि वितरण हुँदै आएको अनुदानको प्रभावकारिता र दुरुपयोगको अवस्था अध्ययन गर्न सरकारले उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा वातावरणमन्त्री...

वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन

काठमाडौँ – विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हकहित र सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई अनिवार्य श्रमिक अनुगमनको व्यवस्था लागू गरेको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब...