एनपीएल : आठै टोलीको रोजाइमा परेका एक्लो खेलाडी बने अनिल साह

काठमाडौं – विकेट किपर अनिल साह नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी बनेका छन् ।

उनलाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले १५ लाखमा पाएको थियो । पछिल्लो समय राम्रो लय, विकेटकिपर, ओपनर तथा शीर्षक्रमका ब्याटर र आवश्यक परेमा स्पिन बलिङ गर्ने हुँदा अनिल सबै टोलीको फ्रेन्चाइजले बोली लगाएका हुन् । योसँगै नेपालका दुवै विकेटकिपर आसिफ शेख र अनिल साह जनकपुरबाट खेल्नेछन् ।

गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७-७ टोलीले अक्सनमा मूल्य लगाए । गुल्सनलाई अक्सनमा लुम्बिनी बाहेक सबै टोलीले मूल्य लगाएका थिए । लुम्बिनीसँग गुल्सनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडी हुँदा मूल्य लगाउन पाएन । लक्की ड मार्फत गुल्सन कर्णाली याक्समा १५ लाखमा पुगे ।

युवा विकेटकिपर लोकेश बममाथि पनि ७ टोलीले मूल्य लगाएका थिए । जनकपुर बाहेक सबै टोलीले लोकेशलाई मूल्य लगाएका थिए । लोकेश लक्की ड मार्फत विराटनगर किंग्समा १५ लाखमा पुगे । मधेश प्रदेशका युवा तीव्र गतिका बलर रुपेश सिंह क्याटेगोरी बी बाट सर्वाधिक ७ टोलीको रोजाईमा परे । तीव्र गतिसँगै तल्लोक्रममा सानदार प्रदर्शन गर्ने हुँदा उनलाई चितवन राइनोज बाहेक सबै ७ टोलीले मूल्य लगाएका थिए ।

रुपेश १० लाख रुपैयाँमा १० लाखमा जनकपुर बोल्ट्समा पुगेका थिए । ललित राजवंशीलाई ६, नारायण जोशी ५ र विवेक यादवलाई ४ टोलीले मूल्य लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्