दाउन्नेमा फेरि पहिरो, ७ सय सवारी साधनहरू रोकिए

File Photo

काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । बिहान करिब ५ बजेदेखि पहिरोले गर्दा राजमार्गको यो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

यस क्षेत्रको पुरानो ट्र्याकमा लगातार पहिरो झर्दै आएपछि यातायात पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुरानो ट्र्याकमा पहिरो निरन्तर झर्ने क्रम नरोकिएपछि अर्को नयाँ ट्र्याक खोल्ने काममा जोड दिइएको छ ।

राजमार्ग खुलाउने प्रयास भइरहेको छ। पहिरोले गर्दा काठमाडौँबाट पश्चिमतिर गएका तथा पूर्वतिर आएका करिब ७ सय सवारी साधनहरू दाउन्नेमा रोकिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्