आठ जना गायक गायिकाको स्वरमा रहेको राष्ट्रिय झण्डा गीतको भिडियो सार्वजनिक

काठमाडाैँ – आठ जना गायक गायिकाको स्वरमा रहेको राष्ट्रिय झण्डा गीतको भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । दिपक लिम्बु, राजेश पायल राई, पुरुषोत्तम न्यौपाने, मेलिना राई, त्रिशला गुरुङ, रचना रिमा, शिव परियार र सदिक्षा कट्टेलको सामुहिक स्वरमा उक्त गीत तयार पारिएको छ ।

शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको उक्त भिडियोलाई प्रविन थापाले कोरियोग्राफि गरेका छन् भने सतिश श्रेष्ठले सम्पादन गरेका छन् । ह्वाइट मिडियाले प्रोडक्सन गरेको भिडियोमा दिलु सिँह, सञ्चिता लुईटेल र सुष्मा महराले अभिनय गरेका छन् । दिलु सिँहको शब्द रहेको यस गितमा पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्