दार्चुलाको मालिकार्जुन शैल्यशिखर धाममा आज पुजन जात्रा, यस्तो छ इतिहास !

काठमाडौँ –  दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल तथा देशकै सात धाम मध्येको एक मालिकार्जुन धाममा आज पुजन जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथिमा लाग्ने गर्दछ ।  यो वर्ष साउनमामा तिथी परेकोले आज जात्रा लाग्ने भएको हो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा लाग्ने गर्दछ । शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अघि देखि नै चोखो खाना तथा दैनिक नुहाएर ब्रत बसी दर्शन गर्ने प्रचलन रहेको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन अर्थात शिव–पार्वतीको मुख्य बाँसस्थान रहेको विश्वास गरिन्छ । शिखर पुजन जात्रामा दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास छ ।

यस्तो छ मालिकार्जुनको महिमा

सातौँ राष्ट्रिय धाम शैल्य शिखर मालिकार्जुनको संक्षिप्त इतिहास

यस्तो छ मालिकार्जुन देवताको महिमा र इतिहास (भिडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्