तेल अहिब, ५ पुस । इजरायली सेनाले गाजामा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छ ।
इजरायली सेनाले बुधबार उत्तरी गाजा पट्टीमा लडाइँमा मारिएका तीन सैनिकको नाम सार्वजनिक गरेको हो ।
सूचीमा एक १९ वर्षीय सार्जेन्ट तथा २० र २१ वर्षका दुई क्याडेटहरू रहेको जनाइएको छ ।
उनीहरूले गाजा पट्टीमा छुट्टाछुट्टै लडाइहरूमा ८ सैनिकहरू गम्भीर घाइते भएको पनि जानकारी दिएका छन्।