हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडाैं – हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको छ। जसलाइ भोलिदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने गरिएको छ । हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणमा जारी गरेको समेत गरी २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको शेयरको पहिलो कारोबारको लागि नेप्सेले ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

यसैगरी माण्डु हाइड्रोपावरले पनि सर्वसाधारणमा जारी गरेको समेत गरी १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एचएटिएचवाइ (HATHY) कारोबार संकेत प्रदान गरेको छभने माण्डुलाइ एमएएनडियु (MANDU) कारोबार संकेत प्रदान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्