सुन्धाराको एक गेष्ट हाउसमा १७ वर्षीया नाबालिग मृत अवस्थामा भेटिइन

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना नाबालिगको शव भेटिएको छ । श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।

ललितपुरको इमाडोल घर भएकी उनी करिब १५ दिनदेखि त्यतै बस्दै आइरहेकी थिइन ।  प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्