अमेरिकी सेनाले पाँच वर्ष जेलमा दिएको यातनाले मानसिक रोगबाट पीडित भएँ

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको चपरहार जिल्लाका पूर्व ग्वान्टानामो कैदी मोहम्मद नसमिले जेलबाट आफू छुटेपछि राम्रो जीवन बिताउन नसकेको बताउनु भयो ।

नसिमले आफूलाई अमेरिकी सेनाले पक्राउ गरी पाँच वर्षसम्म कुख्यात ग्वान्टानामो बे हिरासतमा थुनेपछि नै आफू मानसिक रोगबाट पीडित भएको दाबी गर्नुभएको हो । मानव अधिकार रक्षाको अमेरिकी दाबीलाई हास्यस्पत टिप्पाणी गर्दै उहाँले आफूलाई प्रमाण बिना जेल हाल्नुले अमेरिकाको मानवअधिकार रक्षा गर्नेकुरा झुटो प्रमाणित भएको दाबी गर्नुभयो । नसिमले पूर्व अमेरिकी सुरक्षा बलले आफूलाई सन् २००१ को अन्त्यमा तालिबानसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरी जेलमा राखेको बताउनु भयो ।

करिव ६० जना सुरक्षाकर्मीले आफ्नो घर घेरा हालेर भित्र पसेको र आफू खाना खाइरहेको बेलामा आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउनु भयो । अमेरिकी सेनाले आफूलाई सात दिनसम्म झ्न्ड्याएर राखेको बताउनु भयो । जेलमा एउटै कोठामा दुई महिनासम्म केही गर्न नदिनकन राखेको कुरा अझै स्मरण भइरहेको बताउनु भयो ।

उहाँले आफूले सत्य भनेपछि अमेरिकी सैनिकले त्यसलाई अर्थहीन बनाइदिएको बताउनु भयो । उहाँले आफूलाई राति सुत्न नदिएको, पाइपले पिटेको, यातना दिएको र मुस्लिम पवित्र पुस्तक फ्याँकिदिएको आरोप लगाउनु भयो ।

उहाँले अफगानिस्तान फर्किएपछि अहिले उहाँ आफ्नो खेतबारीमा काम गेरर १४ सदस्यीय परिवारलाई पाल्नुहुन्छ । पाँच वर्षको जेल जीवनमा दिइएका यातनाका कारण उहाँको जीवन कष्टकर भएको छ ।

बिना कारण जेल राखेर कुनै कारण छैन भन्दै पाँच वर्षपछि छोड्दा पनि आफूलाई क्षतिपूर्ति नदिएको उहाँको गुनासो छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्