इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्शान हुने अनुमान गरेको छ ।
यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रुपमा रहने उनीहरुको भनाइ छ । रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ । जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन् । इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो ।
यस वर्षको तापक्रम औसत भन्दा ०.७६ डिग्रि सेल्सियले बढी छ । जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्य भन्दा १.९६ डिग्रि सेल्सियस रेकर्ड कायम भएको थियो । तर यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ । २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो । इटलीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ ।
तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ । इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ । सोमवारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर शुरु हुने अनुमान छ ।
ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्रि सेल्सियसले तापक्रम बढ्ने अनुमान छ । मध्य र दक्षिण इटलीका धेरै भागहरुमा आगामी दिनहरुमा उच्च तापक्रम ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।