पूर्वप्रधानमन्त्रीहरुसँग काँग्रेस सभापति देउवाको टेलिफोन वार्ता

काठमाडौं – प्रमुख विपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका छन् ।

आइतबार देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।

कांग्रेस सभापति देउवाले नेकपा अध्यक्षसमेत रहेका प्रचण्डसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका थिए । सरकारले गर्ने त्यस काममा कांग्रेसले सहयोग गर्ने पनि देउवाले दोहो¥याएको उनको सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्