प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौँ – बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित भएका छन्।

प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले निःशुल्क बस सेवा प्रयोग गरेका थिए। लाभान्वितमध्ये ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन्।

आम नागरिकको सहज आवागमन र सुविधालाई ध्यानमा राख्दै प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौँ उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्