काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आज मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको छ। त्यस्तै, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा तोकिएको छ। समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ।
घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा र दुर्गा भवानीको प्रसादस्वरूपको टीका घरका ज्येष्ठ सदस्य तथा मान्यजनबाट ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। दसैँको अवसरमा टाढाटाढा रहेका परिवारका सदस्य, आफन्त तथा इष्टमित्र एकै ठाउँमा भेला भई खुसी साटासाट गर्ने परम्परा छ। यसले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याउँछ





Welcome to popups plugin