काठमाडौँ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली हुनेछ। कर्णाली प्रदेशका हिमाली तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।





Welcome to popups plugin