आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेकाहरू आफन्त र मान्यजनको घरमा पुगेर टीका लगाइरहेका छन्।

नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँलाई लामो समयदेखि भेटघाट हुन नसकेका आफन्त तथा परिवारजनसँग पुनर्मिलन गर्ने अवसरका रूपमा समेत लिइन्छ। यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारा बलियो बनाउने विश्वास गरिन्छ।

मान्यजनबाट टीका र आशीर्वाद लिन जानेहरूको चहलपहल बढेसँगै सडक तथा सहर बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यसैबीच, दसैँ मनाउन सहर तथा सदरमुकामबाट गाउँघर गएकाहरू पनि आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्