कञ्चनपुर र कैलालीमा आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने

काठमाडौँ – कोरोना भाइरसको संक्रमित फेला परेका कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको –यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

त्यस्तै बाग्लुङ जिल्लामा उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनेछ । यसको साथै चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोभिड–१९ को परीक्षण गरिने भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सबैको आरडीटी परीक्षणपछि भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने पनि डा. देवकोटाले जानकारी दिए । निर्णयलाई पालना गर्दै व्यवस्था इपिडोमलोली तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकबाट निर्णय भइ सम्बन्धित टोलीहरुलाई अभिमुखीकरण गर्ने र आजै टोली प्रस्थान गर्ने तयारी गरिएको डा. देवकोटाको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्