बङ्गलादेशी अलराउन्डर सैफुद्दिन पोखरा एभेन्जर्सबाट खेल्ने

काठमाडौँ । बङ्गलादेशका बलिङ अलराउन्डर मोहम्मद सैफुद्दिन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि उनलाई अनुबन्ध गरेको हो।

सैफुद्दिनले बङ्गलादेशका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५७ विकेट लिनुका साथै ३०४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा १५२ खेल खेलेका उनले १९३ विकेट र ९२२ रन बनाएका छन्। उनले यसअघि पाँच टोलीबाट बङ्गलादेश प्रिमियर लिग खेलेका छन्। एनपीएल उनको पहिलो विदेशी लिग हुनेछ।

सैफुद्दिन पोखरा एभेन्जर्समा अनुबन्ध हुने तेस्रो बङ्गलादेशी तथा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि बङ्गलादेशका शाकिब अल हसन र मेहदी हसन तथा श्रीलङ्काका धनञ्जय लक्षण र चामिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ।

एनपीएल कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्