शैल्यशिखर नगरद्वारा गोकुलेश्वरका वादी समुदायलाई खाद्यान्न वितरण

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले दैनिक मजदुरी गर्ने वर्गको पहिचान गरि खाद्यान्न वितरण गरेको छ ।
मंगलबार वडा नं. ९ का वडा अध्यक्ष रामधनी विष्टले गोकुलेश्वरमा रहेका वादी समुदायहरुलाई खाद्यान्न वितरण गरेका हुन् ।

वादी समुदायका ८० परिवारलाई राहत स्वरुप प्रति परिवार १० केजी चामल, १ केजी नुन, १ केजी दाल र १ लिटर तेल वितरण गरेको नगर प्रमख अमरसिंह धामीका स्वकीय सचिव सुरेश विष्टले उपहार खबरलाई जानकारी दिए । नगरपालिकाले अन्य वडाहरुमा पनि विवरण संकलनको कार्यलाई तिव्रता दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्