कारोनाको रोकथामको प्रचारमा हिडेका वडा अध्यक्षमाथि २ वटै खुट्टा भाँचिने गरि निर्घात कुटपिट

जाजरकोट – छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

गएराति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गरेका छन् । दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्