चैतमा तिर्नुपर्ने कर्जा असारमा तिरे हुन्छ : राष्ट्र बैंक

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।

कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो ।

यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिकरत्रिमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्