बर्षौदेखि सुकेका रुख नकाटिदा खतरा, जोखिम रुखहरुको विवरण पेश गर्न शुनपा–८ कार्यालयको अनुरोध

कञ्चनपुर- बर्षौ पहिले देखि सुकेका रुख नकाटिदा बर्षादको समयमा खतरा हुने गर्दछन् । भिडभाड हुने क्षेत्र, सार्वजनिक ठाँउ, घर नजिक, विद्युतका पोल नजिक यस्तो खतरा अझ बढी हुने गर्दछ । ठूला– ठूला रुख बषौं पहिले देखि सुकेका भएपनि ती रुख नकाटिदा वरिपरिका घर जोखिममा पर्ने गरेका छन् ।
हावाहुरीको समयमा सुकेका रुखको ढल्ने खतरा बढेपनि रुख कटानको लागि स्थानिय तह देखि मन्त्रालय सम्मको प्रक्रियाले अझ झन्झटिलो हुने गर्दछ । यसैकुरालाई मध्यनजर गर्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ ले क्षति पुग्ने रुखको विवरण उपलब्ध गराउन सूचित गरेको छ ।

एक सूचना जारी गर्दै वडा कार्यालयले सार्वजकि भवन, विद्यालय क्षेत्र, विद्युत प्रशारण लाईन, निजी घर, सडक मापदण्डभित्र पर्ने जुनसुकै बेला पनि हावाहुरी वा अन्य कारणले ढलेर मानवीय तथा भौतिक क्षति पुगाउने भएकाले यस्ता रुखहरुको व्यवस्थापन गर्ने जनाएको छ । वडा अध्यक्ष बहादुर सिँह महराले यस्ता खतराजन्य रुखहरुको यर्थात विवरण वडा कार्यालयमा पेश सम्पूर्ण वडावासीहरुलाई सूचित गरेको छ ।
सुकेका रुख कटानमा ढिलाई हुँदा हावाहुरीको चल्ने समय आउन थालेकाले जोखिम झन बढेको छ । बर्षौ देखि सुकेका रुख त्यतिकै सडिरहेकाले आर्थिक रुपले समेत नोक्सानी भईरहेको छ । शुक्लाफाँटा वडा नं. ८ मा बैजनाथ सामुदायिक वन उपभोक्ता समुह, भगवती सामुदायिक वन, सुनदेवी महिला वन उपभोक्ता समुह लगायत अन्य समुहहरु वन संरक्षणमा जुटिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्