नौकुण्ड, रसुवा । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आयोजनामा श्री कालिका हिमालय क्याम्पस कालिकास्थान, रसुवामा मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया शिविर चलिरहेको छ । जेठ १८ र १९ गते गरी दुइ दिन चल्ने उक्त शिविरमा आज १८ गते बुधबार अर्थात शिविरको पहिलो दिनमा ३३ जना विरामीले निःशुल्क शल्यक्रिया गराएका छन् ।
यसअघि जिल्लाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट शिविर संचालन गरिएका थिए । जेठ ०८ गतेदेखि १७ गतेसम्म गत्लाङ, गोल्जुङ, चिलिमे, डाँडागाउँ, कर्मिडाँडा, सर्स्यु, पारचाङ, ठुलोगाउँ र राम्चे गरी ९ स्थानमा शिविर संचालन गरिएका जिल्ला सामुदायिक आँखा केन्द्र रसुवाका प्रमुख उर्मिला तामाङले जानकारी दिनुभयो । शल्यक्रिया गराउन बाकी विरामीहरुको भोलि १९ गते विहीबार शल्यक्रिया गरिने छ ।
तस्बिरहरु: