रसुवामा आयोजित दुइदिने निःशुल्क मोतिबिन्दु श​ल्यक्रिया शिविरको पहिलो दिन ३३ जना विरामीको श​ल्यक्रिया

नौकुण्ड, र​सुवा । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आयोजनामा श्री कालिका हिमालय क्याम्पस​ कालिकास्थान, रसुवामा मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क श​ल्यक्रिया शिविर चलिरहेको छ​ । जेठ १८ र १९ गते गरी दुइ दिन चल्ने उक्त शिविरमा आज १८ गते बुधबार​ अर्थात शिविरको पहिलो दिनमा ३३ जना विरामीले निःशुल्क श​ल्यक्रिया गराएका छन् ।

यसअघि जिल्लाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट शिविर संचालन गरिएका थिए । जेठ ०८ गतेदेखि १७ गतेसम्म गत्लाङ, गोल्जुङ, चिलिमे, डाँडागाउँ, कर्मिडाँडा, सर्स्यु, पारचाङ, ठुलोगाउँ र राम्चे गरी ९ स्थानमा शिविर संचालन गरिएका जिल्ला सामुदायिक आँखा केन्द्र रसुवाका प्रमुख​ उर्मिला तामाङले जानकारी दिनुभयो । श​ल्यक्रिया गराउन बाकी विरामीहरुको भोलि १९ गते विहीबार​ शल्यक्रिया गरिने छ ।

तस्बिरहरु:

  

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्